Sunday, 2 February 2014

Things to remember when you buy air ticket- Informations in nepali

हवाई टिकट किन्दा ध्यान  दिनु पर्ने कुरा हरु ?

थोरै रकम तिर्नु मात्र बुध्दिमानी होइन यात्रा सस्तो र सुविधाजनक हुने गरी टिकट किन्नु पर्छ 
 ट्रान्जिट कहाँ  र  कति छ भन्ने कुरा  जानेर मात्र  टिकट किन्नु पर्दछ नत्र घन्टौ घण्टा कुरेर टिकट भन्दा महँगो रकम खर्च गरेर  दुख पाइन्छ 

लगेज सम्बन्धमा  के गर्ने ?(How much luggage allowance you got in your flight ticket how you know?)
फरक फरक  एयरवेजहरू टिकटमा यात्रुले बोक्न पाउने सामान (लगेज)को तौल फरक हुन्छ । 
आफुले किनेको वा किन्ने टिकटमा सामान कति लान पाईन्छ भन्ने बुझेर त्यसै अनुसार सामान साथमा लानु पर्छ । साथमा लान पाउने सामानको वजन बढि भएमा धेरै रकम तिर्नु पर्ने हुन्छ 
यात्रा मिति परिबर्तन गर्नु परेमा के गर्ने ?(What to do if you have to change your travel date in air ticket, information in nepali?)
यत्रा मिति फेर्न Dateुन तर धेरैजसो यात्रुलाई यात्रा गर्ने मिति बदल्नु (चेन्ज) पर्ने हुन्छ । मिति बदल्ने विषयमा फरक फरक टिकटको फरक फरक नियम हुन्छ । 
सस्तो अफरको टिकटमा मिति फेर्न नपाउने हुन्छ भने प्रायजसो थोरै बढि रकम तिर्दा मिति बदल्न पैसा तिर्नु नपर्ने वा थोरै तिर्नु पर्ने हुन सक्छ । त्यसैले टिकट किन्दा केही बढि तिरेर मिति बदल्न सुविधा हुने़ गरी किन्दा पुरै यात्रा सस्तो पर्ने हुन्छ । अधिकांस यात्रुहरूले टिकट किन्दा मिति फेर्ने विषयमा नसोँच्ने तर पछि बढि पैसा तिर्ने गरेको पाईन्छ । 
त्यसैले गर्दा एयरवेजहरूले टिकट सस्तो मुल्यमा बेच्ने तर मिति फेर्दा (चेन्ज) वा प्लेन छुट्दा यात्रुबाट धेरै कमाई गर्ने उपाय अपनाएको पाईन्छ ।
 त्यसैले टिकट किन्दा यस विषयमा निकै होस पुर्याउनु पर्छ ।
 सस्तो पर्छ भनेर प्राय टिकट किनेको लामो समयपछि यात्रा गर्ने गरी टिकट किनिन्छ । टिकट किन्दाको र फर्कने समयको अन्तराल पनि लामो हुन्छ । लामो समयको अन्तरालका कारण अवस्था फेरिनाले टिकटमा हेरफेर गर्दा झनबढि खर्च हुन्छ । 
एयरवेजहरूले बेचिसकेको टिकटमा यात्रुले अरू एयरवेजको टिकट सार्न गाहरो हुने ठानेर बढि कमाउने दाउमा हुन्छन् । ट्राभल एजेन्सीको सल्लाहामा टिकट किन्दा टिकटको मुल्य मात्र सस्तो पर्ने होईन यात्रा पुरा हुँदा र अप्ठेरो परेको अवस्थामा कम खर्च हुने सल्लाहा पाउन सकिन्छ । यस विषयमा अनलाईनमा टिकट किन्दा भन्दा एजेन्सीबाट किन्दा नियम सोध्न सजिलो हुन्छ । अनलाईनबाट किन्दा राम्रोसंग सबै नियम पढ्नु पर्छ । 
  

प्लेन छुटेमा  के गर्ने ?( What to do if you miss your flight? information in nepali)
 प्लेन छुटेमा टिकट किन्दाको नियम लागु हुन्छ । कुनै टिकटमा प्लेन छुटेको खण्डमा पुरै टिकट नै काम नलाग्ने हुन्छ । कुनै टिकटमा जरिवाना तिरेर अर्को दिन यात्रा गर्न पाईन्छ । 
कुनै टिकटमा जरिवाना पनि नतिरि अर्को दिन यात्रा गर्न पाइन्छ । तर आफ्नो क्लासको सीट अर्को दिन उपलब्ध छ कि छैन भन्ने कुरामा पनि प्लेन छुटेपछि कति रकम थप्नु पर्ने भन्ने कुरा निरभर गर्दछ । 

यात्रा मितिको सम्बन्धमा  (Things to remember about travel date in nepali)
 यात्रा गर्ने मिति भन्दा धेरै पहिला टिकट किने़को अवस्थामा यात्रा गर्ने मिति भन्दा एक-दुई दिन अगाडि टिकट किनेको ठाउँमा सम्पर्क गरेर प्लेनको समय तालिका (शे़डुल) हेरफेर त भएको छैन भन्ने कुरा निधो गर्नु पर्छ । 
प्राविधीक वा अन्य कारणले केही हेरफेर भएको रहेछ भने उपलब्ध विकल्प रोज्न सकिन्छ । फर्कने मिति भन्दा अगाडि पनि एयरवेजमा सम्पर्क गरेर आफ्नो यात्रा तालिका निधो गर्नु पर्छ । समयमा सम्पर्क नगरेको खण्डमा अनावस्यक दुख पाउने सम्भावना रहन्छ । उदाहरण- हिउँ परेर लण्डनको एयरपोर्ट बन्द भएको अवस्थामा समयमै नबुझि एयरपोर्ट पुगियो भने बेकारको दुख पाउने सम्भावना रहन्छ । यो त एक उदाहरण मात्र हो, भोल्केनो आशका कारण वा प्राविधिक कारणले पनि कहिलेकाही समय तालिका फेरिएको हुन सक्छ ।
Very Important things to remember about visa and travel documents while travelling to Nepal or from Nepal to other countries.
हवाई यात्रामा  आवस्यक भीसा सहितको पासपोर्ट, ट्राभलडकुमेन्ट इत्यादी हरु   साथमा राख्नु पर्छ । 
गन्तब्य स्थानको भीसा लिएको हुँदाहुँदै पनि कतिपय ट्रान्जिटको भीसा छुट्टै लिनुपर्ने छ-छैन समयमै बुझेर लिनुपर्ने भीसा नलिएको खण्डमा यात्रा महँगो पर्न सक्छ । 
कतिपय एयरपोर्टमा 8 घण्टासम्म ट्रान्जिट भए भीसा लिन नपर्ने तर त्यो भन्दा बढि समय भए भीसा लिनु पर्ने पनि हुन्छ । कतिपय देशमा पुगेपछि (एराईभलमा) पनि भीसा दिने ब्यवस्था हुन्छ । कतिपय देशमा नेपाल बसोबास गर्ने र बेलायत- अमेरिका आदि देशमा बसोबास गर्ने नेपाली नागरिकलाई फरक भीसाको ब्यवस्था भएको पनि पाईन्छ । भीसाको ब्यवस्था हरेक देशमा ब्यक्ति पिच्छे फरक नियम लागु हुने गर्छ । 
Important things to remember in nepali while travelling with children.
केटाकेटी संग यात्रा गर्दा ध्यान दिनु पर्ने ?
 प्रायजसो 2 वर्षदेखि 11 वर्षको वच्चालाई चाईल्ड फेयर (75%) र 2 वर्ष भन्दा मुनिको बच्चालाई ईन्फेन्ट फेयर (20%) लागु हुन्छ । 
बालिग (एडल्ट) यात्रु विना नै यात्रा गर्ने बालबच्चालाई एयरवेजको जिम्मा दिएर यात्रा गराउन एयरपोर्ट छोड्ने र एयरपोर्ट लिन आउने अविभावकको विवरण चाहिन्छ । 
त्यो सवै ब्यवस्था पहिला नै मिलाउनु पर्छ ।

Related Posts:

  • Marathon on the top of the worldEverest marathon Happens only on the top of the world only in Nepal.The Everest Marathon is listed in the Guinness Book of Records as the highest marathon in the world. The start line is at Gorak Shep 5184m (17,000 feet), c… Read More
  • Bunjy Jumping In NepalNepal, a wonderland which offers different types of extreme adventures is visited by thousands of people every year. The hunger for adventure drives people to one of the most thrilling lifetime adventure, Bunjy Jumping. The … Read More
  • Why to visit Nepal ? Reasons to visit NepalNepal is the worlds cheap and best value travel destination for people around the globe,  which has been recognized worlds top travel medias. Nepal has everything to offer you from natural beauty, mountains, flora fauna,… Read More
  • Time in NepalNepal has 15 mintues time  ahead of Indian standard time. Nepal time is two hours and fifteen minutes behind Chinese/tibet time (three hours and fifteen mintues April-Sept.) and five hours and 45 minutes ahead of Greenwi… Read More
  • Things to bring in nepal for trekking. What to bring for trekking What to bring for trekking in Nepal are the most concern topics to the trekkers. We suggest you to pack your luggage as lightly as possible. We provide one porter for every two travellers. Your tr… Read More

0 comments:

Post a Comment